लुम्बिनी प्रदेश सरकार
उद्योग, पर्यटन तथा सहकारी मन्त्रालय
उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय
घरेलु तथा साना उद्योग कार्यालय
रुकुमकोट, रुकुम (पूर्वी भाग)

        Loading...
nepal

कार्यहरु

कार्यहरु 

कुनै पनि उद्योग, पर्यटन, वन तथा वातावरणीय मन्त्रालयले विधुतीय शासनका माध्यमबाट सार्वजानिक सेवालाई आधुनिकीकरण गर्न तथा नागरिक र सरकार बिचको सम्बन्ध तथा सम्पर्कलाई फराकिलो बनाउन, सेवा प्रवाह प्रक्रियालाई सरलीकरण गर्न, सेवा प्रवाहका क्रममा लाग्ने समय तथा लागतलाई न्यूनीकरण गर्न, ई-गभर्नेन्स लागु गर्न ,सेवा तथा सुचना वितरणमा पारदर्शिता कायम गर्न ,सरकार, नागरिक तथा अन्य सरोकारवालाहरु बीच विधुतीय रुपमा अन्तरक्रिया गर्न सम्भव एवं सहज होस भनेर विभिन्न कार्यहरु गर्दै आएको छ।विभिन्न प्रकारका डिजिटल मिडिया र इलेक्ट्रोनिक टेक्स्टहरुको सृजना गर्ने, व्यवस्थापन गर्ने, सम्पादन गर्ने, खोज एवम प्रकाशित गर्ने कार्यहरु यस उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्रालयले गर्दछ।औद्योगिक नीतिले अंगिकार गरेको तथा औद्योगिक व्यवसाय ऐनद्वारा व्यवस्थित घरेलु तथा साना उद्योग सम्वन्धी कार्यहरु संचालन गर्ने जिम्मा उद्योग , वाणिज्य तथा आपू र्ति मन्त्रालय अन्तरगतको घरेलु तथा साना उद्योग विभागले निर्वाह गर्दै आएको छ । घरेलु तथा साना उद्योग विभागको साविक संगठन संरचनामा समसामयिक परिवर्तन हुदै मौजुदा स्वरुप कायम रहेको छ ।

१.घरेलु तथा साना उद्योगहरुको इजाजत(अनुमति) प्रदान गर्ने,

२. प्रारम्भिक वातावरणीय परिक्षण (IEE) सम्बन्धी कार्य गर्ने,

३. उद्योग, पर्यटन ,वन तथा वातावरणलाई सरल, पारदर्शी बनाउन आवश्यक कार्यविधि गर्ने,

४. सिप विकास तथा उद्यमशीलता विकास तालिम कार्यक्रम तर्जुमा गरी जिल्ला स्थित कार्यालयहरु मार्फत संचालन गर्ने व्यवस्था मिलाउने,

५. निर्णयहरुलाई तथ्यपरक एवम् कानूनसम्मत गराउन व्यवस्थित तरिकाले तथ्य तथा सूचनामा आधारित प्रस्तावहरु तयार गर्ने,

६. उद्योग, पर्यटन, वन तथा  वातावरण मन्त्रालयको  कार्यप्रक्रिया तथा सेवा प्रवाहमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दै सुशासन प्रवर्द्धन गर्ने,

७. प्रदेशको समृद्धिका लागि विकास योजना, कार्यक्रम तथा आयोजनाको तर्जुमा तथा कार्यान्वयन हुने वातावरण सृजना गर्नु र विकास नतिजा हासिल गर्न समन्वय, अनुगमन तथा मूल्याङ्कन गर्ने,

८. प्रचलित ऐन , नियम अनुसार इजाजत लिनु पर्ने वा नपर्ने उद्योगहरुको वर्गीकरण गर्ने , र् इजाजत सम्वन्धी कार्यहरु गर्ने , उद्योग दर्ताको लागि आवश्यक प्रक्रियाहरु निर्धारण गर्ने तथा घरेलु तथा साना उद्योगहरुको दर्ता , नविकरण , पूँजी तथा क्षमता वृद्धि , ठाँउसारी , नामसारी गर्ने । 

९. कार्यक्रम प्रस्तावहरु स्वीकृत नीति र प्राथमिकता अनुरुप भए नभएको विश्लेषण गरी मस्यौदा तयार गर्ने । कार्यक्रम कार्यान्वयन , अनुगमन र मूल्यांङ्कन सम्वन्धी कार्य गर्ने ।